Comments Add Comment

परराष्ट्रमन्त्रीको गीतिनाटक : योगमायाको जलसमाधिदेखि ग्रेटर नेपालसम्म

२१ जेठ, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली राजनीतिमा जस्तै साहित्यमा पनि सक्रिय छन् । साहित्यमा ‘शीतविन्दु’ उपनामबाट चिनिने ज्ञवाली गीतिनाटक ‘नेपाल–गाथा’ लिएर आएका छन् ।

नाटकमा रामापिथेकसदेखि गोपाल वंश, महिषपाल वंश, किरातकाल, लिच्छविकाल, मल्लकाल, शाहकाल, राणाकाल, राणाकालको अन्त्यका लागि नदीमा हाम फालेर योगमायाले गरेको जलसमाधिसम्मका विषय छन् ।

त्यस्तै राणाकालको समयमा मृत्युदण्ड दिइएका शहीदको योगदान, प्रजातन्त्र प्राप्तिको समय, २०१५ सालको आमनिर्वाचनपछि विश्वेश्वरप्रसाद कोइराला प्रधानमन्त्री हुँदा जनतामा छाएको उत्साह पनि नाटकमा देखाइएको छ ।

०१७ राजा महेन्द्रले राज्यको सम्पूर्ण अधिकार आफ्नो हातमा लिएकाेदेखि अहिलेसम्मका महत्त्वपूर्ण राजनीतिक आन्दोलन र घटनाक्रम नाटकमा छ । नाटकमा ग्रेटर नेपालको प्रसंग पनि छ ।

रामापिथेकसदेखि आजसम्मको नेपालको इतिहास उत्खनन गरिएको गीति नाटक  सोमबार राष्ट्रिय नाचघरमा प्रदर्शन गरिएको छ ।  नाटक राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, पूर्वप्रधानमन्त्रीलगायतले सोमबार अवलोकन गरे ।

नाटक पुनः मञ्चन गरिने आयोजकले जनाएको छ ।

नाटकका रचनाकार शीतविन्दुले नेपाली जनताको वास्तविक इतिहास झल्काउन र इतिहासको स्मरण गराउन नाटक तयार गरिएको बताए ।

तस्वीरहरुः विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment