Comments Add Comment

दादागिरी नगर्नुस्, केपी ओली प्रवृत्ति छोड्नुस् : राजेन्द्र महतो

Photo Credit : फाइल फोटो

२१ जेठ, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले संघीयता विरोध बजेट आएको बताएका छन् ।

मंगलबार बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले संघीयताको मर्मअनुसार बजेट नआएको बताए । ‘संघीयता विरोधी यसको सबैभन्दा ठूलो विशेषता हो’ उनले भने, ‘केन्द्रीय सरकारले सबै बजेट चलाउने रे । प्रान्तीय सरकारहरुले २० प्रतिशत पनि बजेट नपाउने रे ।’

आफूहरुले ‘केपी ओली मार्का’को नभई स्वायत्त, अधिकार सम्पन्न प्रदेश मागेको उनको भनाइ थियो ।

विदेश नीति, राष्ट्रिय सुरक्षा, मौदि्रक र राष्ट्रिय गौरबका आयोजना बाहेक सबै प्रदेशलाई दिनुपर्ने भन्दै उनले भने, ‘संघीयतालाई असफल पार्ने बजेट आएको छ, यो दुःखद हो । ‘

महतोले स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोकसेवा आयोगले गरेको विज्ञापनको विरोध गरे । उनले भने, दादा गिरी नगर्नुस्, केपी ओली प्रवृत्ति छोड्नुस् ।’
सांसद महताले सांसदलाई दिएको ६ करोडको विरोध भइरहेको भन्दै निर्वाचन प्रणाली नै फेर्न प्रस्ताव गरे ।

‘संसदहरु चुनावमा जाँदा धर्मसाला बनाइदे, हृयाण्डपाइप माग्दो रहेछ । सांसद भएपनि माग्दो रहेछ’ उनले भने, ‘निर्वाचन प्रणाली नै यस्तै हो । समानुपातिकमा लैजाउँ न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment