+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

महिन्द्रा इलेक्ट्रोनिक्स सवारीको निःशुल्क सर्भिस क्याम्प

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २१ गते १३:१७

२१ जेठ, ललितपुर । अग्नि ग्रुप अन्तर्गत विद्युतीय सवारी साधनका लागि आधिकारीक वितरक अग्नि इनर्जीले ललितपुरको कुपन्डोल स्थित सर्भिस सेन्टरबाट अग्नि इनर्जीले ३ दिने निःशुल्क सर्भिस क्याम्पको व्यवस्था मिलाएको छ ।

“विश्व वातावरण दिवस २०१९” को अवसर पारी कम्पनीले निःशुल्क सर्भिसिङ्गको व्यवस्था मिलाएको हो । निःशुल्क सर्भिस यही जुन महिनाको ५ तारिखदेखि ७ तरिखसम्म रहने छ ।

अग्नि इनर्जीको निःशुल्क सर्भिस क्याम्पबाट जेन्यून स्पेयरपार्ट तथा गुणस्तरीय सेवा उपलब्ध हुने छ । यहाँबाट ग्राहकलाई सवारी सञ्चालन सम्बन्धी उचित सल्लाह पनि प्रदान गरिनेछ । सर्भिस सेन्टरबाट सम्पूर्ण विद्युतीय सवारी रेभा, ई२ओ, ईभेरेटो तथा ई सुप्रो गाडीहरुको सर्भिसिङ्ग हुने छ ।

“विद्युतीय सवारीका वातावरणमा तथा मानिसका लागि थुप्रै फाइदाहरु छन्, विद्युतीय सवारी पेट्रोल र डिजेल सवारीको तुलनामा कम मर्मत खर्च लाग्दछ, साथै विद्यूतीय सवारीबाट १ किलोमिटर दुरीको लागि जम्मा रु १ खर्च हुन्छ, जुन कुरामा आम उपभोक्ताहरु अनभिज्ञ प्रायः हुनुहुन्छ,” अग्नि इनर्जीका वरिष्ठ कार्यकारी प्रबन्धक प्रमोद भण्डारीले उल्लेख गरे ।

अग्निले विक्री पछिको उत्कृष्ट सेवा तथा अन्तर्राष्ट्रिय ब्राण्ड अनुभव प्रदान गर्दै आएको छ । यस सर्भिस क्याम्पले ग्राहक र कम्पनी बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छ भने आगामी दिनहरुमा ग्राहक तथा वातावरणलाई विशेष लाभ पुग्ने विश्वास कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?