+
+
Shares

मेगा बैंकका कर्मचारीको दक्षता अभिबृद्धि गर्न लिडरसीप एकेडेमीसँग सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २१ गते १९:२५

२१ जेठ, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र लिडरशीप एकेडेमी नेपाल बीच कर्मचारीको दक्षता अभिबृद्धि गर्न सहकार्यको सम्झौता भएको छ ।

मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र लिडरसीप एकेडेमी नेपालका तर्फबाट संस्थापक एवं सिटिओ अरुण जोशीले एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा मेगा बैंककी सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र मानव संशाधन विभाग प्रमुख राजेन्द्र सुवेदीको पनि उपस्थिति थियो ।

राइस युनिभर्सिटी बिजनेस स्कूल एक्जुकेटिभ एडुकेशन अमेरिकासँग अनुबन्धित लिडरसीप एकेडेमी नेपाल मानव संशाधानको वृत्ति विकासमा एक चिरपरिचित नाम हो ।

लिडरसीप एकेडेमीसँगको सम्झौताले मेगा बैंकका कर्मचारीहरुको क्षमता र कार्यकुशलतामा बृद्धि भई ग्राहकलाई प्रदान गरिने सेवा थप गुणस्तरीय र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?