+
+
Shares

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १२ गते १८:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सल्यानको बागचौर नगरपालिका–१० मा बिहीबार बिहान अटो दुर्घटना हुँदा छत्रेश्वरी गाउँपालिका–५ का ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको छ।
  • मोखला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई दुर्घटना भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
  • दुर्घटनामा घाइते अटो चालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ।

१२ कात्तिक, सल्यान । सल्यानमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बागचौर नगरपालिका–१० स्थित सडकमा मोखला बजारबाट माथिल्लो मोखोलातर्फ जाँदै गरेको रा.१ ह ६१२६ नम्बरको अटो अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना भएको थियो ।

सो दुर्घटना हुँदा अटोमा सवार छत्रेश्वरी गाउँपालिका–५ सिर्बाली बस्ने ३५ वर्षीय रेशम राउतको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अटो चालकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ ।

दुर्घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?