+
+
Shares

बुटवलको फूलबारीमा रोपियो १ सय बिरुवा

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २२ गते १३:१६

२२ जेठ, बुटवल । विश्व वातावरण दिवसको अवसरमा बुटवल उपमहानगरपालिका-१ मा रहेको मणिमुकुन्द सेन उद्यान फूलबारीमा १ सय बिरुवाहरु रोपिएको छ ।

मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले आँप, कटहर, नीम, धुपी, फूलहरुलगायत प्रजातिका बिरुवाहरु रोपेको हो ।

कार्यक्रममा बोल्दै मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोबिन्द खनालले प्रकृतिको संरक्षणले मात्र मानव जीवनको अस्तित्व रहने बताए ।

मणिमुकुन्द सेन उद्यान फूलबारीका अध्यक्ष खेम लुइटेलले फूलबारीको योजनामा पनि बृक्षारोपण रहेको भन्दै समाजले थालेको कामको प्रशंसा गरे ।

बृक्षारोपणमा बुटवलको अक्सबृज टेक्निकल कलेजका बिद्यार्थीहरुले पनि सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?