Comments Add Comment

नम्रताको एक्सनमा ‘जाइरा’ टिजर

नायिका नम्रता श्रेष्ठलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको चलचित्र ‘जाइरा’को टिजर रिलिज भएको छ । भदौ ६ गतेबाट रिलिजमा आउने चलचित्रको टिजरमा नम्रतालाई मात्र देखाइएको छ । यो चलचित्रको केन्द्रिय भूमिकामा नम्रता छिन् ।

आशुतोष राज श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा नायिका श्रेष्ठ मार्शल आर्ट खेलाडीको भूमिकामा देखिएकी छिन् । चलचित्रमा उनको साथमा अनुप बिक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । साथमा, चलचित्रमा नयाँ कलाकारको रुपमा श्रृजना रेग्मी, सुजिता श्रेष्ठ र सम्राट मगरको मुख्य भूमिका छ । श्रृजना रेग्मी पनि चलचित्रमा खेलाडीको रुपमा देखिएकी छिन् ।

चलचित्रमा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा, कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत छ । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको चलचित्रलाई कटामरी फिल्मस्को सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको प्रस्तुतिमा तयार पारिएको हो ।

केशव थापाको नृत्य निर्देशन रहेको चलचित्रमा बाबु श्रेष्ठको छायांकन छ । चलचित्रलाई मार्सल आर्टिस्टको बदलाको कथामा तयार पारिएको नायिका नम्रता श्रेष्ठले बताइन् । उनले, यो चलचित्रमा मार्शल आर्टिष्टको रुपमा देखिन निकै नै मिहिनेत गरेको बताइन् । उनले, एउटा राम्रो महिला एक्सन चलचित्र बनाउन खोजिएको बताइन् ।

निर्देशक श्रेष्ठले आफू निर्देशकको रुपमा पहिलेदेखि नै एक्सन चलचित्रमा काम गर्न खोजिरहेको ‘जाइरा’बाट पुरा भएको बताए । चलचित्रका लागि निकै नै मिहिनेत गरिएको उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment