Comments Add Comment

फिफा अध्यक्षमा पुनः इन्फान्टिनो निर्वाचित

२२ जेठ, काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) को आगामी चार वर्षे कार्यकालका लागि अध्यक्षमा पुनः जियानी इन्फान्टिनो निर्वाचित भएका छन् ।

फ्रान्सको पेरिसमा भएको फिफाको वार्षिक साधारणसभाले इन्फान्टिनोलाई दोस्रो कार्यकालको लागि सर्वसम्मतले निर्वाचित गरेको हो । ४९ वर्षीय इन्फान्टिनो अब २०२३ सम्म फिफाको अध्यक्ष रहने छन् ।

सन् २०१५ मा भ्रष्टाचारको आरोपमा तत्कालिन अध्यक्ष सेप ब्लाटर निलम्बनमा परेपछि फिफाको अध्यक्षमा इन्फान्टिनो चुनिएका थिए । उनी फिफाको अध्यक्षमा निर्वाचित भएलगतै केही महत्वाकांक्षी योजना पेश गरेका थिए ।

ती महत्वकांक्षी योजनामध्ये एक हो, सन् २०२६ देखि विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाएको छ । कतार विश्वकप २०२२ देखि नै ४८ राष्ट्र पुर्‍याउने फिफाको तयारी भए पनि सफल भएन ।

फिफा कंग्रेसमा नेपालको तर्फबाट भने अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ र उपाध्यक्ष वीरबहादुर खड्का र सदस्य पेमा डोल्मा लामा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment