Comments Add Comment

प्रदेश २ को प्रश्न : संघीयताको मर्म केन्द्रमा ७० प्रतिशत बजेट राख्नु हो ?

२२ जेठ, जनकपुरधाम । प्रदेश २ मा आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले संघीय सरकारले प्रदेश र स्थानीय तहमाथि न्याय गरेको बताएका छन् ।

जनकपुरधाममा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री यादवले प्रदेश र स्थानीय तहलाई १५/१५ प्रतिशतमात्र बजेट विनियोजन गरेको बताए । ‘बाँकी ७० प्रतिशत बजेट संघीय सरकारले आफैं राख्नु संघीयताको मर्म हो ?’ उनले प्रश्न गरे ।

उनले यस पटक संघीय सरकारले स–शर्त अनुदानमा पनि अन्याय गरेको बताए । गत बर्ष यो शीर्षकमा ९ अर्ब बजेट दिए पनि यस पटक ६ अर्ब मात्रै पठाएको मन्त्री यादवले बताए । ‘मैले गत बर्षभन्दा बढाएर यो शीर्षकमा बजेट पठाउँछ भन्ने विश्वास लिएको थिएँ’ उनले भने, ‘तर घटाएर पठाइएको छ ।’

५४ लाख जनसंख्या रहेको प्रदेश २ बाट २५ देखि ३५ प्रतिशत राजस्व जम्मा हुने गरे पनि बजेट जम्मा २ प्रतिशत दिनु सोझै अन्याय भएको बताए ।

‘न त जनसंख्या अनुसारको बजेट भयो न त राजस्व बुझाए अनुरुपको’ मन्त्री यादवले भने, ‘कृषिको हव मानिएको प्रदेश २ को ७० प्रतिशत बजेट पनि संघले आफ्नै नियन्त्रणमा राख्नु दुःखद हो ।’

उनले संघीय सरकारको यस्तै रबैया रहे आफूहरु चुप लागेर नबस्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment