+
+
Shares

मैत्रीपूर्ण खेलमा आज नेपालले चाइनिज ताइपेसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २३ गते ७:३६

२३ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा आज नेपालले चाइनिज ताइपेसँग प्रतिस्पर्धा गर्दैछ ।

ताइपेको भूमिमा नेपाली समयअनुसार बेलुकी चार बजेर ४५ मिनेटमा नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । नेपाल चाइनिज ताइपेलाई उसैको भूमिमा पराजित गर्ने लक्ष्यमा छ । यता, चाइनिज ताइपे भने नेपाललाई सहजै हराउने दाउमा छ ।

यसअघि नेपालले मलेसियासँग उसैको भूमिमा खेलेको मैत्रीपूर्ण खेलमा २-० गोलअन्तरले पराजित भएको थियो ।

फिफा वरियतामा चाइनिज ताइपे नेपालभन्दा निकै माथि छ । चाइनिज ताइपे १२५ औं र नेपाल १६१ औं स्थानमा छन् ।

स्वीडेनका योहान कालिनले नेपाली टिम सम्हालेपछि यो उनको चौथो खेल हो । उनकै प्रशिक्षणमा नेपालले यसअघि कुवेतसँग प्रतिस्पर्धा गरेको थियो ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?