+
+
Shares

अक्षयले रोहितलाई किन लखेटे ?

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २३ गते ११:२७

बलिउड चलचित्र ‘सुर्यवंशी’को धमाधम छायांकन भइरहेको छ । रोहित सेट्ठीको निर्देशनमा तयार भैरहेको यो चलचित्रमा अक्षय कुमारले मुख्य भूमिका निर्वाह गरिरहेका छन् । चलचित्रमा अक्षय कुमार प्रहरी अफिसरको भूमिकामा देखिनेछन् । अक्षयको जोडी भएर नायिका कट्रिना कैफले काम गरिरहेकी छिन् । यस्तैमा, सुटिङ सेटबाट एक तस्विर बाहिरिएको छ । जुन तस्विरले निकै चर्चा पाइरहेको छ ।

सार्वजनिक तस्विरमा अक्षय कुमार र रोहित सेट्ठी फिचर छन् । जहाँ अक्षय कुमार हेलिकप्टरमा उडिरहेका छन् भने रोहित बाइकमा कुँदिरहेका छन् । यो तस्वीर अक्षय कुमार आफैले सामाजिक संजालमार्फत् सेयर गरेका हुन् । तस्वीर शेयर गर्दै उनले लेखेका छन्, ‘म यत्तिकै हेलिकप्टरमा झुन्डिए । यो सुर्यवंशी छायांकनको अर्को दिन हो ।’ उनले आफ्ना फ्यानलाई सेचत पनि गराएका छन् । उनले लेखेका छन्–‘यसको प्रयास तपाई नगर्नुहोला । सबै स्टन्डहरु प्रशिक्षकले सिकाएपछि मात्र गर्नुपर्छ ।’

चलचित्रलाई लिएर ‘सुर्यवंशी’ टिम एकदमै उत्साहित देखिन्छन् । उनीहरुले सामाजिक संजालमा सार्वजनिक तस्वीरहरुबाट पनि उनीहरुको उत्साह देखिन्छ । निर्देशक सेट्ठी पनि चलचित्रलाई लिएर निकै उत्साहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?