Comments Add Comment

किन काटियो ‘भारत’बाट बरुणको रोल ?

अहिले हलमा सलमान खान स्टारर चलचित्र ‘भारत’ले निकै धुम मच्चाइरहेको छ । बलिउड मिडियाले समिक्षात्मक रुपमा धेरै रुचाएका छन् । तर, दर्शक भने चलचित्रबाट सन्तुष्ट छैनन् । चलचित्रमा सलमानको जोडी बनेर नायिका कटि्रना कैफले काम गरेकी छिन् ।

यस चलचित्रमा नायक बरुण धवनको केमियो रहने कुरा थियो । बरुणले उक्त चलचित्रको छायांकन पनि गरेका थिए । तर, हलमा रिलिज भएको ‘भारत’मा भने बरुणको केमियो छैन् । बरुणको रोल काटिएपछि यसको विषयमा चर्चा सुरु भएको छ । आखिर किन काटियो बरुणको रोल ?

यसको उत्तर निर्देशब अलि अब्बस जफरले दिएका छन् । उनले भनेका छन्, ‘हामीले छायांकनकै समयमा यो रोल नहुन पनि सक्छ भनेर उहाँलाई भनेका थियौँ । त्यसमा उहाँ पनि राजी हुनुभएको थियो । अहिले हामीलाई बरुणले गरेको भूमिका चाहिएन जस्तो लाग्यो त्यसैले राखेनौँ ।’ यस विषयमा नायक बरुण आफैँले भने केही प्रतिकि्रया दिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment