+

विश्वविजेता फ्रान्स टर्कीसँग पराजित

२०७६ जेठ  २६ गते ६:५९ २०७६ जेठ २६ गते ६:५९
विश्वविजेता फ्रान्स टर्कीसँग पराजित

२६ जेठ, काठमाडौं । विश्वविजेता फ्रान्स युरो कप छनोट फुटबलमा टर्कीसँग पराजित भएको छ ।

शनिबार राति भएको खेलमा फ्रान्सले टर्कीसँग २–० गोलअन्तरलेको हार ब्यहोरेको हो । टर्कीको लागि सनशनीपूर्ण जितमा कान आयहान र सेन्गिज उन्डरले गोल गरे ।

खेलको ३० औं मिनेटमा आयहानले गोल गर्दै टर्कीलाई अग्रता दिलाएका थिए । खेलको ४० औं मिनेटमा उन्डरले अर्को गोल गरेपछि टर्की २–० गोलले अघि रहेको थियो । पहिलो हाफमा २–० गोलअन्तरले अघि रहेको टर्कीले दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्न सफल भयो ।

यता, फ्रान्सले भने गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा हार ब्यहारेको हो । त्यस्तै, युरोकप छनोटअन्तर्गत नै अर्को खेमा जर्मनीले बेलारुसलाई २–० गोलअन्तरले पराजित गरेको छ । अर्को खेलमा इटालीले ग्रिसमाथि ३–० गोलको जित निकाल्दा सान मारियोमाथि रसियाले ९–०, क्रोएसियाले वेल्सलाई २–१ र बेल्यियमले कजाकिस्तानलाई ३–० गोलअन्तरले पराजित गरेको छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय