Comments Add Comment

सरिताको रविन्द्रलाई सुझाव–‘कलाकारको मुद्दा उठाउनुहोस्, मुद्दामा राजनीति नगर्नुहोस्’

नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा ५७ मतले अध्यक्ष पदमा पराजीत भएपछि विजयी भएका उम्मेदवार रविन्द्र खड्काको हात समात्दै पत्रकारको अगाडि आइपुगेकी सरिता लामिछानेको अनुहार दुःख, आक्रोश र सद्भाव सबै थियो ।

उनले, आफूले निर्वाचन हारेको सहर्ष स्विकार गर्दै रविन्द्रको टिमलाई शुभकामना दिइन् । तर, सरिताको बोली यत्तीमा मात्र टुंगिएन । उनले भनिन्–‘सायद, म भन्दा लोकप्रिय रविन्द्र दाई हुनुहुन्थ्यो होला र मैले हारेँ । यहाँ भित्र धेरै कुराहरु छ, भोली धेरै कुराहरु खोज्नुपर्ने हुन्छ । रविन्द्र दाइले जित्नुभएको छ, तर भोली आफूले गरेका प्रतिवद्धता पुरा गर्नुभएन भने म उहाँहरुको विरुद्धमा लाग्छु ।’

उनले अगाडि भनिन्–‘म दाइलाई भन्न चाहन्छु, नेपाल चलचित्र कलाकार संघमा राजनीति हाबी हुनु हुँदैन । म पनि कुनै पार्टीमा आस्था राख्छु । तर, मैले चलचित्र कलाकार संघमा पार्टी हाबी भयो भने सचेत गराउन आउँछु । म आग्रह गर्न चाहन्छु, संघलाई विशुद्ध कलाकारको घर बनाइदिनुहोस् । कलाकारको बारेमा बहस गर्नुहोस्, हाम्रा मुद्दामा राजनीति नगरिदिनुहोस् ।’

सरिताले यसो भन्दै गर्दा रविन्द्रले आफूले राजनीतिलाई अलग राखेको कारण नै जितेको बताए । उनले, चलचित्र कलाकार संघको हक हितका लागि काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment