Comments Add Comment

छोरी बलात्कारको आरोपमा बुबा पक्राउ, गाउँलेद्वारा विद्यालय घेराउ

२६ जेठ, विराटनगर । छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुबालाई पक्राउ गरेपछि गाउँलेहरुले विद्यालय घेराउ गरेका छन् ।
एकवर्षयता पटकपटक १४ वर्षीया छोरीलाई जवरजस्ती करणी गरेको आरोपमा शनिवार प्रहरीले विराटनगर- ४ का ऋषिदेव समुदायका एक व्यक्तिलाई पक्राउ गरेपछि गाउँलेले आइतबार बालिका अध्ययन गर्ने विद्यालय घेराउ गरेका हुन् ।

विद्यालयका शिक्षकले नै प्रहरीलाई बोलाएर झुटो आरोप लगाइ पक्राउ गर्न लगाएको स्थानीयवासीको आरोप छ । बालिका कक्षा ५ मा अध्ययरत छिन् ।

शुक्रवार बालिकाले घटना सुनाएपछि अनुसन्धानका लागि ३७ वर्षीय बुबालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । पक्राउ परेका बालिकाका बुवा ट्याक्टर चालक हुन् ।

आइतबार गाउँलेहरु बालिका पढ्ने विद्यालयमा घेराबन्दी गरेपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार बालिकाले एक वर्षयता आफूमाथि जवरजस्ती करणी भएको बयान दिएकी छन् । कक्षा ४ मा अध्ययन गर्दा एक पटक र वैशाख यता २-३ पटक करणी गरेको बयान दिएकी छन् । पछिल्लो समय गत मंगलबार घटना भएको प्रहरीको दावी छ ।

तर, बालिकाकी आमा भने आफ्ना श्रीमानलाई फसाउन खोजिरहेको बताउँछिन् । गाउँलेले पनि शिक्षकले नै फसाउनका लागि यस्तो आरोप लगाएको दावी गरेको बताएका छन् ।

१४ वर्षीया बालिका छिमककै युवकसँग प्रेम सम्बन्धमा रहेको बुबाले थाहा पाएपछि कुटपिट गर्दा छोरीले बलात्कारको आरोप लगाएको उनकी आमाले बताएकी छन् ।

प्रहरीले बालिकाकी आमाको जाहेरीका आधारमा अनुसन्धान सुरु गरेको हो । तर, प्रहरीले जवरजस्ती कागजमा हस्ताक्षर गर्न लगाएको आमाको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment