
२६ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई ३५३ रनको ठूलो लक्ष्य दिएको छ ।
लनडनस्थित केनिङ्टन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा २५२ रन बनाएपछि अष्ट्रेलियाले ठूलो लक्ष्य पाएको हो । भारतको लागि शिखर धवनले १०८ बलमा १६ चौका प्रहार गर्दै ११७ रन बनाए ।
त्यस्तै, कप्तान विराट कोहलीले उत्कृष्ट ८२ रन बनाउँदै भारतलाई ठूलो स्कोरमा पुर्याएका थिए । उनले ७७ बलमा चार चौका र दुई छक्का प्रहार गरे ।
यता, ओपनर रोहित शर्माले ५७ रन बनाउँदा हार्दिक पाण्ड्याले ४८ र महेन्द्रसिंह धोनीले २७ रन बनाए । बलिङतर्फ अष्ट्रेलियाका मार्कुस स्टोइनिसले दुई विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4