Comments Add Comment

पोन्टिङ र लेंगरले गरे म्याक्सवेलको प्रशंसा

२६ जेठ, काठमाडौं । विश्वविजेता अष्ट्रेलिया छैटौं पटक विश्वकप क्रिकेटको उपाधि जित्ने लक्ष्यमा छ । त्यही लक्ष्यमा दौडिएका एक प्रभावशाली अलराउडण्डर खेलाडी हुन् ग्लेन म्याक्सवेल । टी–२० क्रिकेट वरियताको शीर्ष स्थानमा रहेका म्याक्सवेलबाट जारी विश्वकपमा पनि उत्कृष्ट प्रदर्शनको अपेक्षा अष्ट्रेलियाली समर्थकमा छ ।

बलिङ, ब्याटिङ र फिल्डिङ तीनै पक्षमा उत्कृष्ट रहेका म्याक्सवेलका बारेमा टिम कप्तान एरोन फिन्चले उनी एक प्रतिभाशाली खेलाडी भएको बताएका छन् । ‘एकदमै राम्रा खेलाडी हुन् उनी । हरेक पटक राम्रो गर्न खोज्छन्’ उनले भने ।

म्याक्सवेलका बारेमा मुख्य प्रशिक्षक जष्टिन लेंगर भन्छन्, ‘जुनसुकै अवस्थामा पनि खेल परिवर्तन गर्न सक्ने क्षमतावान भएका खेलाडी हुन् उनी । उनीमा एक फरक क्षमता छ । चुनौतीलाई राम्रोसँग फेस गर्ने क्षमता छ । यो विश्वकपमा पनि उनले खास गर्ने विश्वास छ ।’

यता, दुई पटक विश्वकपको ट्रफी आफ्नो देशलाई जिताइसकेका अष्ट्रेलियाका पूर्वकप्तान तथा साहयक प्रशिक्षक रिकी पोन्टिङ पनि म्याक्सवेलको तारिफ गर्छन् । उनले भने ‘भनिराख्नु पर्दैन उनी कस्तो खेलाडी हुन् । उनी जस्तोसुकै अवस्थामा राम्रो खेल्न सक्छन् । अन्तर्राष्ट्रिय स्तरमा राम्रो गरिरहेका छन् । उनको ब्याटिङमात्रै होइन बलिङ पनि राम्रो छ । उनी राम्रोसँग १० ओभर बलिङ गर्न सक्छन् ।’

सन् २०१५ को विश्वकप अष्ट्रेलियाले जित्दा म्याक्सवेल महत्वपूर्ण खेलाडी थिए । यो पटकको विश्वकपमा पनि म्याक्सवेल मुख्य भूमिकामा छन् । आफ्नो टिमलाई जिताउन उनी ब्याटिङ मात्रै हैन बलिङ पनि राम्रो गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment