+

पोर्चुगलको पोल्टामा नेसन्स लिगको उपाधि

२०७६ जेठ  २७ गते ६:४५ २०७६ जेठ २७ गते ६:४५
पोर्चुगलको पोल्टामा नेसन्स लिगको उपाधि

२७ जेठ, काठमाडौं । पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ ।

आइतबार राति भएको फाइनलमा घरेलु टोली पोर्चुगलले नेदरल्यान्ड्सलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो । गुन्जालो गुइडेसको गोलमा पोर्चुगलले उपाधि जित्न सफल भयो ।

दुवै टिमले पहिलो हाफसम्म गोलरहित बराबरी खेलेका थिए । पोर्चुगलले दबावमा खेलेपनि जित दर्ता गराउन सफल भए । पहिलो हाफमा बराबरी खेलेको पोर्चुगलले ६० औं मिनेटमा गोल गर्न सफल भयो । गुन्जालोको गोलबाट पोर्चुगलले अग्रता बनाएको थियो ।

एक गोलको अग्रता बनाएसँगै पोर्चुगलले रक्षात्मक खेल खेलेको थियो । बाँकी समयसम्म नेदरल्यान्ड्सलाई १–० गोलको अवस्थामा रोक्दै पोर्चुगलले विजयी हात पारेको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय