Comments Add Comment

विश्वकप क्रिकेट : वेष्ट इन्डिजविरुद्ध दक्षिण अफ्रिका ब्याटिङ गर्दै

२७ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले वेष्ट इन्डिजविरुद्ध टस हारेर ब्याटिङ थालेको छ ।

इंग्ल्यान्डको साउथहृयाम्पटनमा वेष्ट इन्डिजले टस जितेर बलिङ रोजेपछि दक्षिण अफ्रिकाले ब्याटिङको निम्तो पाएको हो । लगातार तीन खेलमा हार ब्यहोरेको दक्षिण अफ्रिका आजको खेलमा जित हात पार्दै लयमा फर्किन चाहन्छ ।

पहिलो खेलमा आयोजक इंग्ल्यान्डसँग १०४ रनको फराकिलो अन्तरले हार ब्यहोरेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा बंगलादेशसँग २१ रनले हारेको थियो । एकपछि अर्को खेलमा पराजित हुने क्रममा दक्षिण अफ्रिका भारतविरुद्धको खेलमा ६ विकेटले पराजित भएको थियो ।

दक्षिण अफ्रिकाको यो चौथो खेल हो । यता, दक्षिण अफ्रिकाविरुद्ध मैदानमा उत्रिदा वेष्ट इन्डिज स्पष्ट जित हात पार्ने दाउँमा हुनेछ । आफ्नो पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले पराजित गरेको वेष्ट इन्डिजले दोस्रो खेलमा भने विश्वविजेता अष्ट्रेलियासँग १५ रनको हार ब्यहोरेको थियो । वेष्ट इन्डिजको यो तेस्रो खेल हो ।

प्लेइङ इलाभेन

दक्षिण अफ्रिका टिम

फाफ् डु प्लेसिस (कप्तान), डेभिड मिलर, डि कक, हसिम अमला, ऐडन मारक्रम, रसिइ भान डेर डुसेन, क्रिस मोरिस, कागिसो रबडा, इमरान ताहिर, बेउरन हेन्डि्रक्स, एन्डिल फेहलुकवाओ ।

वेष्ट इन्डिज टिम

ज्यासन होल्डर (कप्तान), क्रिस गेल, कार्लोस ब्राथवोएट, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, निकोलस पुरन, शेलडन कोटरेल, एश्ले नर्स, केमार रोच, ओशेन थोमस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment