Comments Add Comment

हलमा हिट भएको ‘नाई नभन्नु ल ५’लाई युटुबमा यस्तो प्रतिक्रिया

गतबर्षको हिट चलचित्र ‘नाई नभन्नु ल ५’ रिलिज भएको करिब ९ महिनापछि युटुबमा आएको छ । युटुबमा सार्वजनिक भएसँगै यो चलचित्रलाई दर्शकले अत्याधिक मन पराएका छन् । युटुबमा यो चलचित्रले सार्वजनिक भएको २ दिनमै ४० लाख बढी दर्शक पाएको छ । यसले पनि यो चलचित्रलाई युटुबमा पर्खिएका दर्शकको उत्साह प्रष्ट्याउँछ ।

विकासराज आचार्य निर्देशित यो चलचित्रले बक्स अफिसमा हिट भएको थियो । बक्स अफिसमा हिट भएको चलचित्रलाई युटुबका दर्शकले पनि रुचाएका छन् । अधिकांश दर्शकले चलचित्र हेरेर रोएको प्रतिक्रिया दिएका छन् । बाल–कलाकार सेड्रिना शर्माको कामलाई दर्शकले अझै रुचाएका छन् । हलमा पनि यो चलचित्र हेर्ने दर्शकले सेड्रिनाको कामको नै प्रशंसा गरेका थिए ।

यो चलचित्रमा अनुभव रेग्मी, सेड्रिना शर्माको साथमा स्वस्तिमा खड्का, प्रियंका कार्की, केकी अधिकारी, अभिषेक नेपाल लगायतका कलाकारको मुख्य भूमिका छ । यो चलचित्र अहिले नेपालको युटुब ट्रेन्डिङको पहिलो स्थानमा छ । चलचित्रको कथावस्तुले मन छोएको प्रतिक्रिया दर्शकले दिएका छन् । कतिपयले भने बालबालिकामा प्रेम गर्न सिकाएको भनेर आलोचना पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment