Comments Add Comment

‘छाया अर्थमन्त्री’ले गरे बजेटमा खर्च कटौतीको प्रस्ताव

२८ जेठ, काठमाडौं । कांग्रेसका ‘छाया अर्थमन्त्री’ तथा सांसद मिनेन्द्र रिजालले बजेटमा अर्थ मन्त्रालयका लागि चालु शीर्षकमा विनियोजन भएको रकम कटौतीको प्रस्ताव प्रतिनिधिसभामा पेश गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा रिजालले ४ करोड ८६ लाख घटाइ अघिल्लो वर्षकै बराबर राख्न प्रस्ताव गरेका हुन् ।

अर्थ मन्त्रालयको भूमिका ठोस योजना निर्माण गरी त्यसमा मात्र बजेट विनियोजन गर्नुपर्ने भए पनि अहिले मन्त्रालयले त्यो क्षमता देखाउन नसकेको उनले आरोप लगाए । आगामी आवमा चालु आवको भन्दा बढी रकम खर्च गर्नुपर्ने आवश्यकता नरहेको रिजालको धारणा थियो ।

‘मनगढन्ते कुरा गर्ने प्रधानमन्त्रीका अगाडि उभिएर ‘प्रधानमन्त्रीजी, योजना तयारी भएपछि मात्र बजेटमा राखौं’ भन्न सक्ने नेतृत्वको अर्थ मन्त्रालयलाई खाँचो छ,’ उनले भने ।

आँखा चिम्लेर चुलाचुलामा नालीबाट ग्यास आउँछ, ग्यासको सिलिन्डर नै किन्नु पर्दैन, भन्नेजस्ता तन्द्रामा दिने अभिव्यक्तिले देशको विकास नहुने उनले बताए ।

‘तन्द्रामा बसेर नेपालमा स्टीमर मात्र नभई हिन्द महासागरसम्म गएकै वर्षमा पानीजहाज चलाउछु भन्दैमा विकास हुँदैन,’ उनले भने, ‘नेपालमा साढे ८ प्रतिशतको आर्थिक विकास आवश्यक छ । त्यसमा अर्थ मन्त्रालयले नेतृतवदायी भूमिका निर्वाह गर्न सकेन ।’

ठूला आयोजनामा प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नताका विषयमा टिप्पणी गर्दै उनले भने ‘ठूला र रणनीतिक आयोजना प्रधानमन्त्रीले प्रत्यक्ष हेर्ने हो भने किन चाहि विभागीय मन्त्रालय ? किन चाहियो अर्थ मन्त्रालय ? प्रधानमन्त्री एक्लैले गरे पुग्छ भने किन परिवर्तन चाहियो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment