Comments Add Comment

मिडिया काउन्सिल विधेयकविरुद्ध पत्रकार महासंघद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

कार्टुन प्रदर्शनीदेखि प्रेस स्वतन्त्रता सभासम्म

Photo Credit : महासंघको आन्दोलनको फाइल तस्वीर ।

२८ जेठ, काठमाडौं । नेपाल पत्रकार महांघले सरकारले संसदमा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग गर्दै तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

सोमबार काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यको बैठकले असार ३ देखि ३० गतेसम्म तेस्रो चरणको आन्दोलन घोषणा गरेको हो । तेस्रो चरणको आन्दोलनमा प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर अभियानदेखि सिठठी जुलुस र सभा गर्नेसम्मका कार्यक्रम छ ।

महासंघले असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा हस्ताक्षर संकलन गर्ने, ६ गते उक्त हस्ताक्षर जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाउने, १० गते मिडिया काउन्सिल विधेयकविरुद्ध कार्टुन प्रदर्शन गर्ने कार्यक्रम घोषणा गरेको छ ।

त्यस्तै असार १५ गते सबै जिल्ला शाखाले आफ्नो क्षेत्रबाट निर्वाचित संघीय र प्रदेश सांसदलाई एसएमएस मार्फत सन्देश पठाएर ध्यानाकर्षण गर्ने, असार २० गते प्रेस स्वतन्त्रता सभा गर्ने, असार २५ गते दिउँसो १२ बजे लालटिन जुलुस निकाल्ने र असार ३० गते देशब्यापी सिठी जुलुस र सभा गर्ने महासंघले जनाएको छ ।

महासंघले प्रेस जगतको जायज माघ अघि सारेर आन्दोलन गर्दा पत्रकार महासंघ र समग्र सञ्चार क्षेत्रप्रति सरकारले उपेक्षा गरेको भन्दै विरोध जनाएको छ । ‘विशुद्ध पेशागत स्वतन्त्रताको माग राखेर गरिएको आन्दोलनलाई सरकारले राजनीतिक रङ दिनु र विदेशी दातृ संस्थासंग जोडेर लाञ्छित गर्नु आपत्तिजनक छ’ महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मिडिया काउन्सिल विधेयकमा राखिएका प्रावधानले सञ्चार क्षेत्रको नियमन गर्ने नभई नियन्त्रण गर्ने प्रष्ट भएको भन्दै महासंघले यसलाई फितौ लिएर सरोकारवालासँग छलफल गरेर समस्या समाधान गर्न आग्रह गरेको छ । प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता नभएसम्म थप सशक्त आन्दोलन जारी राख्ने निर्णय महासंघले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment