Comments Add Comment

प्रितम आचार्य इटहरीको सद्भावना दूत घोषित

२८ जेठ, इटहरी । भारतीय टेलिभिजन जीटीभीको रियालिटी शो सारेगमप लिटिल च्याम्पमा तेस्रो भएका प्रितम आचार्यलाई इटहरी उपमहानगरपालिकाले बाल सद्भावना दूत घोषित गरेको छ ।

मंगलबार आयोजित एक कार्यक्रमकाबीच नगरकी कार्यवाहक प्रमुख लक्ष्मी गौतमले उनलाई सद्भावना दूत घोषणा गरेको प्रमाण पत्र प्रदान गरिन् ।

कार्यक्रमको फाइल राउण्ड आइतबार राति प्रशासन भएको थियो । जसअनुसार इटहरीका आचार्य सेकेण्ड रनर अप हुन सफल भएका थिए भने अर्का नेपाली सहभागी आयुष केसी थर्ड रनर अप भएका थिए ।

सोमबार काँकरभिट्टा नाका हुँदै स्वेदश फर्किने वित्तिकै सीमामा प्रितपको भव्य स्वागत भएको थियो । गृहनगर पुगेपछि मंगलबार उनलाई प्रमुख प्रशासकीय अधिकृत केशव विमली र वडाध्यक्ष दीपक गौतमले माला र टोपी लगाइदिएर सम्मान समेत गरे ।

कार्यवाहक प्रमुख गौतमले प्रितम इटहरीको छोरा भएको बताउँदै उपमहानगरको नाम विश्वभर चिनाएको भन्दै प्रशंसा गरिन् ।

उनले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत बनाउने तयारी गरिरहेको पनि बताइन् । प्रमुख प्रशासकीय अधिकृत केशव विमलीले प्रितमको प्रगतिको कामना गरे ।

गायक आर्चायले आफूलाई उपमहानगरले यो अवस्थासम्म पुग्न साथ, सहयोग र हौसला दिएको उल्लेख गर्दै आभार व्यक्त गरे ।

भारतमा भएको प्रतियोगितामा भाग लिन जानुअघि प्रितमलाई इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले नेपाली झण्डा प्रदान गर्दै विदाइ गरेका थिए ।

सुनसरीको इटहरी उपमहानगरपालिका ५ का प्रितमले अडिसनदेखि नै जजहरुलाई प्रभावित पारेका थिए ।

२०६५ जेठ १० मा जन्मिएका प्रितमले ४ वर्षको हुँदादेखि नै गीत गाउन थालेका थिए । कक्षा ६ मा अध्ययनरत उनी २०७३ मा नेपालमै भएको सुरशाला जुनियर आइडलमा दोस्रो भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment