Comments Add Comment

बेरोजगार बन्नु परेको भन्दै हात्तिसार क्याम्पसमा पूर्वविद्यार्थीले लगाए ताला

२९ जेठ, काठमाडौं । त्रिभुवन विश्व विद्यालय प्रविधि संस्थान अन्तर्गतको केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानमा पूर्व विद्यार्थीहरुको समूहले ताला लगाएको छ । क्याम्पसले यहाँ अध्ययन गर्ने विद्यार्थीहरु ठूला–ठूला अस्पताल, जनस्वास्थ्य कार्यालय,तारे होटल लगायतमा जागिर पाउने भन्दै आश्वासन दिएको तर अध्ययन सक्दा पनि बेरोजगार बन्नु परेको भन्दै विद्यार्थीहरुले मंगलबार क्यापसमा ताला लगाएका हुन् ।

२०६६ सालदेखि यस क्याम्पसमा पोषण तथा आहार विज्ञानमा स्नातक तहसम्मको अध्यापन हुँदै आएको छ । पोषण तथा आहारमा स्नातक गरे पनि सरकारले यसका लागि लोकसेवा परिक्षा भने खुलाउन सिफारिस गरेको छैन ।

विभन्न सकाारी अस्पताल तथा जनस्वास्थ्य कार्यालयहरुमा पोषण विज्ञहरुको दरबन्दी रिक्त रहे पनि सरकारले रिक्त दरबन्दीको विवरण लोकसेवा आयोगलाई उपलब्ध नगराएका कारण यहाँ अध्ययन पुरा गरिसकेका विद्यार्थीहरु बेरोजगार बस्नु परेको गुनासो गर्दै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यस वर्ष दरबन्दीको विवरण तयार पार्ने तयारी भइरकेको जानकारी दिएको छ । मनत्रालयले यसै वर्ष लोकसेवा खुल्ने समेत दावी गरेको छ । विद्याथीहरुले रोजगारी खुलाउनु पर्ने सरकारसँग मूख्य माग छ ।

क्याम्पसमा लगाउने ताला खरिद गर्न चन्दा संकलन गर्दै

क्याम्पसका लागि भने ५ बुँदे माग अघि सार्दै पोषण तथा आहार विज्ञान अध्ययन गरेका क्याम्पसमा पूर्व विद्यार्थीहरुले संघर्ष समिति नै गठन गरेका छन् । उनीहरुले पूर्व विद्यार्थी चन्द्रमणि पौडेलको संयोजकत्वमा स.घर्ष समिति गठन गर्दै मंगलबार क्याम्पस प्रमुखलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।

चालु वर्षदेखि नै यस विषयको स्नातकोत्तर तहको अध्यापन शुरु हुनुपर्ने, एनएचपीसी वा उपयुक्त विकल्प खोजी सो विषयलाई दर्ता गरिनु पर्ने, लोकसेवा आयोगमा दरबन्दी सिर्जना गर्नुपर्ने लगायतका माग उनीहरुले अघि सारेका छन् ।

उनीहरुले लगाएतको ताला भने मंगलबार नै खुलिसकेको छ । विरोध स्वरुप एक घण्टाका लागिमात्रै ताला लगाएका कारण मंगलबार नै खुलेको तर क्याम्पस प्रशासनले आफ्ना मागलाई पुरा गर्न ध्यान नदिए कडा आन्दोलन गर्न सक्ने चेतावनी संघर्ष समितिले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment