
स्याङ्जा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ ।
अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा मन्त्रीको झण्डाबाल गाडी डुबेको हो ।
सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबेको हो । मन्त्रीलाई सुरक्षाकर्मीले उद्दार गरेका थिए ।
खोलामा डुबेको गाडीको इन्जिन नै सिज भएको छ र क्रेनको सहयोगमा बाहिर निकालिएको छ । मन्त्री भने अर्को गाडीमा फर्किएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4