Comments Add Comment

लोड गरिएको पेस्तोल बोकेर किन विराटनगर आए कुनाल ?

प्रहरी भन्छ : 'सार्प सुटर हुनसक्छ'

२८ जेठ, विराटनगर । प्रहरीले सोमबार साझ विराटनगर-९ मा रहेको एक गेस्टहाउसमा बास बसेका व्यक्तिको साथमा हतियार रहेको सूचना पायो । प्रहरीले पाएको सूचनाअनुसार होटेलमा हतियारसहित दुईजना थिए । सोमबार राति नै प्रहरी होटलमा पुग्यो ।

प्रहरीले लोड गरिएको दुईवटा पेस्तोल र गोलीसहित भारत सीतामणि घर बताउने २२ वर्षीय कुनालकुमार सिंहलाई मात्रै पक्राउ गर्‍यो । तर, उनीसँगै रहेका अर्का व्यक्ति भने फरार भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका सिंह जोगवनी हुँदै विराटनगर प्रवेश गरेका हुन् । प्रकाउ परेका सिंह र फरार रहेका भारतीय नागरिक आइतबार दिउँसो विराटनगर आएको प्रहरीले बताएको छ ।

पक्राउ परेका सिंह होटलमा सोमबार दिउँसो साढे १ बजे पुगेका थिए । विराटनगर सीमावर्ती क्षेत्र रानीबाट तीन तहको सुरक्षा घेरा (नेपाल प्रहरी, सशत्र र अनुसन्धान) तोडेर विराटनगर आएर आएका थिए ।

शंकास्पद व्यक्ति बसेको सूचना पाएपछि होटेलमा पुगेको प्रहरीले राति साढे ८ बजे सिंहको कोठामा छापा हानेको थियो । सिंहको साथबाट २ थान पेस्तोल, पेस्तोलमा लोड भएको ५ राउण्ड गोली र सिंहले लगाएको पाइन्टको दाहिने गोजीमा थप ३ राउण्ड गोली फेला पारेको थियो ।

सिंहको साथमा रहेका अर्का व्यक्तिको पनि खोजी सुरु गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार सिंहलाई अर्का व्यक्तिले विराटनगर ल्याएका हुन् ।

प्रहरीसँगको बयानमा सिंहले विराटनगरको विषयमा जानकारी नभएको बताएका थिए । फरार रहेका भारतीय नागरिकको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

फरार रहेका व्यक्तिको खोजीका क्रममा प्रहरीले सोमबार विराटनगरका संकास्पद होटलमा छापा मारेको थियो तर शंकास्पद होटलमा नभेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रहरीले लोड गरिएको पेस्तोलसहित विराटनगर आउनुको कारण खोजी गरिरहेको डीएसपी श्रेष्ठले बताए ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले पक्राउ परेका व्यक्ति भारतीय सार्प सुटर हुनसक्ने बताइएको छ । अनुसन्धान गरिरहेको प्रहरीसँग बयानमा सिंह खुलेका छैन् । प्रहरीले उनको साथबाट भेटिएका कागजात र अन्य प्रमाणहरु अध्ययन गरिरहेको छ ।

सिंहले अनुसन्धान अधिकृतसँग गरेको व्यवहार र लोड गरिएको पेस्तोल बोकेका कारण सुटर भएको हुनसक्ने प्रहरी स्रोतको दाबी छ । तर,अनुसन्धानको दायरा फराकिलो पारिएको डीएसपी श्रेष्ठ बताउँछन् ।

सिंह कसैलाई हतियार बुझाउन आएको पनि हुन सक्ने प्रहरीको अनुमान छ ।

पक्राउ परेका सिंहविरुद्ध मुलकी अपराध संहिता २०७४ अनुसार म्याद थप गरी अनुसन्धान सुरु गरेको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment