Comments Add Comment

धवनको स्थानमा ऋषभ ?

काठमाडौं । भरपर्दा ब्याट्सम्यान शिखर धवन करिब तीन साता मैदान बाहिर नै हुने भएपछि भारतीय क्रिकेट टिम यतिबेला दोधारमा छ ।

अष्ट्रेलियाविरुद्ध भएको खेलका क्रमा बुढी औंलामा चोट बोकेका धवन दुईदेखि तीन सातासम्म मैदान बाहिर रहने छन् ।

टाइम्स अफ इन्डियाले शिखर धवनको स्थानमा ऋषभ पन्त टिममा पर्ने उल्लेख गरेको छ । स्रोतलाई उदृत गर्दैै लेखेको छ, ‘विकेटकिपर ब्याट्सम्यान ऋषभ बिहीबार बिहान इंग्ल्यान्ड जाँदैछन् ।’

बिहीबार नै इंग्ल्यान्ड पुगेपनि धवन टिमबाट आउट नभएसम्म उनी टिम बाहिर नै रहने छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डले भने यसबारे केही बोलेको छैन ।

धवनकै उत्कृष्ट ब्याटिङमा भारतले विश्वविजेता अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो । तर बलर नाथन कल्टरनाइलले बलिङ गरेको बाउन्सर बलले लागेर उनको देब्रे हातको बुढी औला फ्याक्चर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment