+
+
Shares

रवीन्द्र मिश्रको आग्रह : समितिको निर्देशन नमान भनेर लोकसेवालाई दबाव दिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७६ जेठ २९ गते १५:१४

२९ जेठ, काठमाडाैं । लोकसेवा आयोगको विज्ञापन रद्ध गर्न निर्देशन दिने राज्य व्यवस्था समितिविरुद्ध आन्दोलित विद्यार्थीहरुको कार्यक्रममा साझा विवेकशील पार्टीका नेता रवीन्द्र मिश्र पनि सहभागी भएका छन् ।

बुधबार माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागी भएका मिश्रले सम्बोधन पनि गरे । उनले लोकसेवाको विज्ञापन रद्ध गर्न दिएको निर्देशन खारेज हुनुपर्ने विद्यार्थीहरुको माग जायज भएको बताए ।

लोकसेवा संवैधानिक आयोग भएको र समितिको निर्देशन मान्न बाध्य नहुने भन्दै उनले अघि भने, तपाईहरु यसरी नै लोकसेवा अगाडि जानुस् र भन्नुस्, संसदीय समितिको निर्देशन बाध्य छैन ।’

फेरि पनि रुख र सूर्यलाई भोट हाल्ने हो भने आन्दोलन विद्यार्थीहरु मात्र होइन, उनका भाइहरुले पनि दुःख पाउने उनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?