३० जेठ, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडानम्बर १ सामरी पुल नजिकै बुधबार राति भएको सवारी दुर्घटनामा घाइते भएका सैनिकको उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको छ ।
र्घटनामा परी मृत्यु हुनेमा नेपाली सेनाका लेस नायक विवेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा७च ३८४८ नम्बरको कारले हेटौँडाबाट भैसैतर्फ जाँदै गरेको बा४१प ५३८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।
दुर्घटनामा परी घाइते भएका ३० वर्षीय तामाङलाई उपचारका लागि काठमाडौँ लगिएको र सोही क्रममा उनको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4