
३० जेठ, काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बनाएको ५ घन्टा नवित्दै निर्णय फिर्ता लिएको छ ।
यातायात व्यवस्था विभागले बिहीबार दिउँसो १२ प्रतिशतसम्म भाडा वद्धि गर्ने निर्णय गरेको थियो । विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो ।
तर, ५ घन्टा नवित्दै वैज्ञानिक भाडा समायोजन गर्न भन्दै निर्णय स्थगन गरिएको छ । यातायात व्यवस्था विभागका निर्देश प्रेमनाथ सिंहले भने, ‘हाललाई थप छलफल गर्ने गरी स्थगन गर्दैर्छौं ।’
विभागस्रोतका अनुसार भाडा बढाउने निर्णय भए लगतै प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो । बजेट पारित नहुँदै भाडा बढाउँदा सरकारको तीव्र आलोचना हुने भन्दै भाडा वृद्धिको निर्णय तत्काल स्थगन गर्न प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको स्रोतको दाबी छ ।
यो पनि पढ्नुस्ः रात्री बस चलाउने निर्णयबाट पछि हट्यो सरकार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4