Comments Add Comment

पूर्वी चितवनमा रोजगार मेला, उद्योगी भन्छन् : कामदारको अभाव छ

३१, जेठ, चितवन । बेरोजगार युवायुवतीलाई रोजगारी दिलाउने, सीप सिकाउने र त्यसलाई रोजगारदाता समक्ष जोड्ने उद्देश्यले पूर्वी चितवनको रत्ननगरमा वृत्ति परामर्श तथा रोजगार मेला सुरु भएको छ ।

मेलाको गृहमन्त्री रामबहादुर थापा बादलले उद्घाटन गरे । रत्ननगर नगरपालिकाले आयोजना गरेको मेला होटल स्टार बेन्क्युटमा निपनीमा विहान ९ बजेबाट सुरु भएको छ ।

मेलामा वृत्ति विकाससम्बन्धी परामर्श सेवा तथा जानकारी, सीपमूलक तालिम दिने संस्थाहरुको प्रदर्शनी र तालिमबारे जानकारी, रोजगारसम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने रत्ननगर नगरपालिकाका मेयर नारायण वनले जानकारी दिए । त्यस्तै मेलामा निःशुल्क सञ्चालन हुने कार्यस्थलमा आधारित सीपमूलक तालिमहरु सम्बन्धी जानकारी दिइने, रोजगारको अवसर प्राप्त गर्न सकिने, स्थानीय उत्पादनहरु प्रदर्शनी गरिएको छ ।

रोजगार मेलामा २५०० देखि ३००० जनासम्मको सहभागिता रहने अनुमान गरिएको छ । मेलामा १ हजार ५०० युवाहरुले वृत्ति परामर्श सेवा प्राप्त गर्ने दावी नगरपालिकाको छ । साथै मेलामै १ सय ५० देखि २ सय जनालाई विभिन्न उद्योगहरुमा प्रत्यक्ष रोजगार पाउने मेयर नारायण वनले बताए ।

मेलामा रत्ननगर उद्योग बाणिज्य संघ, चितवन उद्योग संघ, क्षेत्रीय होटल संघ सौराहा, रेष्टुरेन्ट एण्ड बार एसोसियशन सौराहा, निर्माण व्यवसायी संघ, भवन निर्माण व्यवसायी संघ पूर्वी चितवन, पूर्वी चितवन कुखुरा व्यवसायी संघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका संस्थाका अधिकारीहरु मेलामा उपस्थित हुने छन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदले कार्यान्वयन गरेको यस परियोजनामा स्वीस सरकारको प्राविधिक सहयोग रहेको छ । रत्ननगर नगरपालिका भन्दा बाहिरका जिल्लाबाट आउने बेरोजगार युवायुवतीहरुलाई समेत प्राथकिमतामा राखेर उनीहरुका रुची अनुसारको सीप सिकाउने तयारी नगरपालिकाको छ ।

सम्बन्धित क्षेत्रसँग नगरपालिकाले मिलेर रोजगार बन्न सक्ने जनशक्ति तयार गरिने मेयर बनले बताए । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले देशभित्र नै दक्ष कामदारको अभाव भएको बताए । ‘हामीले नेपालमा कामदार नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था आएको छ’ अध्यक्ष दुवाडीले भने, ‘एकातिर रोजगारी पाइएन भन्ने पनि छन्, हामी व्यवसायीहरु रोजगारी माग्दै कोही नआएको भन्ने अवस्था छौं, यसलाई जोड्न यस्ता मेला भलदायी हुन्छ भन्ने विश्वास छ ।’

वेरोजगार युवा र रोजगार दाता बीच प्रत्यक्ष भेट गराई रोजगार सृजना गर्ने उद्देश्यले मेला आयोजना गरिएकोले नेपाली युवाहरुलाई स्वेदशमा नै रोजगारी दिलाउन सहज हुने उनको भनाई छ ।

त्ननगरमा एक हजार ५७५ जना युवायुवती बेरोजगार रहेको तथ्याङक छ । रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीमा संघमा आवद्ध १७ उद्योगले विभिन्न कामका लागि कामदारको सूची पठाएको भन्दैं त्यसलाई मेलामा लगेर पेश गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment