Comments Add Comment

‘मि टू’ प्रकरणमा नाना पाटेकरलाई ‘क्लिन चिट’

बलिउड नायिका तनुश्री दत्तले गतबर्ष ‘मि टू’ प्रकरणमा मुख खोलेपछि यसले भारतमा ठूलै चर्चा पायो । यसपछि, अन्य नायिकाहरुले पनि आफूमाथि भएको यौन हिंसाको बिषयमा मुख खोले । तनुश्रीले नानाको विरुद्धमा मुम्बई प्रहरीमा उजुरी समेत दिएकी थिइन् । तर, मुम्बई प्रहरीले कुनै पनि प्रमाण नभेटिएको भन्दे यो मुद्दामा नानालाई ‘क्लिन चिट’ दिएको छ ।

नानालाई ‘क्लिन चिट’ दिएपछि तनुश्रीले लेखेकी छिन्–‘नाना पाटेकरले पहिले पनि बलिउडका अन्य थुप्रै महिलामाथि यौन हिंसा गरेका छन् । हाम्रो मुद्दाका प्रत्यक्षदर्शी यो बिषयमा मौन बसे र झुटो प्रत्यक्षदर्शीलाई अगाडि ल्याइयो । कतिपय प्रत्यक्षदर्शीको भनाइलाई यो मुद्दामा समावेश समेत गरिएन ।’

तनुश्रीले अगाडि भनेकी छिन्–‘यो कुराले मलाई आश्चर्यचकित बनाएन । भारतकी महिला भएको नाताले यस्तो कुरामा अचम्म मान्नुपर्ने अवस्था छैन । यदि, बलात्कारको मुद्दामै आलोकनाथले क्लिन चिट पाउन सक्छन् भने यौन हिंसाको मुद्दामा नाना पाटेकरले क्लिन चिट पाउनु ठूलो कुरा नै होइन । तर, यो कुराले यूवतीहरुलाई कसैको सहयोग छैन भन्ने पुष्टी गर्दछ ।’

उनले, आफ्नो जीवनमा अब यस्ता खालका बिषयमा फेरि पनि आवाज उठाउन नपरोस् भनेर कामना गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment