Comments Add Comment

वीरगञ्जमा एक भारतीयसहित दुई जनाको शव फेला

१ असार, वीरगञ्ज । वीरगञ्जमा एक भारतीय नागरिकसहित दुई जनाको शव भेटिएको छ । भारतको बिहार छाप्रा जिल्ला सिमान–१ मा बस्ने अन्दाजी ४५/५० का महन्थ यादवको शव भेटिएको हो ।

आइतबार बिहान वीरगञ्ज महानगरपालिका–१७, आईसीपी गेटभित्र पार्किङ गरी राखेको डब्लु बी ११ बी ५४१० नम्बरको ट्रकको छेउमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । उनी सोही ट्रकका चालक हुन् ।

गर्मीका कारण गाडीमाथि सुतेका उनी निन्द्रामा खसेर मरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

‘गर्मीले गाडीको माथिल्लो भागमा गएर सुतेको र राति निन्द्रामा खसेर मृत्यु भएको हुन सक्ने अनुमान हामीले गरेका छौं’, उनले भने, ‘मृत्युको वास्तविक कारण त पोष्ट मार्टम रिपोर्टपछि मात्रै आउँछ ।’
शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी वीरगञ्ज महानगरपािलका–२, छपकैयामा अर्को शव फेला परेको छ । छपकैयास्थित पोखरीको छेउमा एक पुरुषको शव भेटिएको हो । उनको परिचय खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment