Comments Add Comment

काठमाडौं महानगरमा थपियो ब्रुमर

१ असार, काठमाडौं । काठमाडौं महानगरपालिकालाई चीनको छेङ्दु नगरले २ वटा ब्रुमर हस्तान्तरण गरेको छ । आइतबार आयोजित एक समारोहकाबीच चिनियाँ प्रतिनिधिले काठमाडौं महानगरलाई ब्रुमर हस्तान्तरण गरे ।

हस्तान्तरण गरिएको २ वटा ब्रुमरको मूल्य २ करोड २७ लाख ३७२ (भन्सार बाहेक) रहेको महानगरपालिकाले जानकारी दिएको छ ।
युरो ५ मापदण्डका यी ब्रुमरहरु ८.६ मिटर लम्बाइ र ३.५ मिटरका ब्रुमरमा २ वटा इञ्जिन छन् ।

गाडी सञ्चालन गर्ने इञ्जिनको क्षमता १५५ किलोवाट छ भने ब्रुमर चलाउने इञ्जिनको क्षमता ११८ किलोवाट छ ।

१५.८ मेट्रिक टन तौल भएका ब्रुमरहरु डिजेलले चल्छन् । धुलो र पात पतिङ्गर संकलन गर्न प्रयोग गर्न सकिने हरेक ब्रुमरमा ७ घनमिटर धुलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता छ ।

सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्छ । ९८ किलोमिटर प्रतिघण्टा गति भएको यसले, सडकको अवस्था हेरी प्रति घण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्ने महानगरले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment