Comments Add Comment

नाटा र एनसीएचएलबीच अनलाइन भुक्तानी गर्ने सम्झौता

१ असार, काठमाडौं । नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स र नेपाल क्लियरिङ्ग हाउसबीच अनलाइन भुक्तानी गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा नाटाका अध्यक्ष सिएन पाण्डे तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अन्तर्गत नाटाका सदस्य ट्राभल एजेन्टले कनेक्ट आईपीएस ई पेमेन्ट प्रणालीको पेमेन्ट गेट वे आफ्नो वेवसाइटमा इन्टिग्रेट गरी ग्राहकले सोझै अनलाइनबाट विभिन्न ट्राभल सेवाका भुक्तानी गर्न सक्ने छन् ।

ग्राहकले आफ्नो बैंक खाताबाट ट्राभल एजेन्टहरुलाई वेबसाइट वा मोबाइल एप्स्को प्रयोग गरी यसमा आबद्ध ४९ बैंक तथा वित्तिय संस्थाहरुबाट पनि भुक्तानी गर्न सकिनेछ । नाटालाई गर्नुपर्ने वार्षिक एवं अन्य सदस्यता शुल्कको भुक्तानीसमेत यसै अनलाइन प्रणालीबाट प्राप्त गर्न सकिन्छ ।

सम्झौताले पर्यटन क्षेत्रमा लागेका नेपालभरिका ट्राभल तथा टूर एजेन्टन्सहरुको भुक्तानी तथा नगद प्रवाहमा मद्दत पुग्नुका साथै तीनका ग्राहकलाई अनलाईन भुक्तानी गर्न थप सहज हुने विश्वास दुबै संस्थाले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment