
२ असार, काठमाडौं । विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले टस हारेर ब्याटिङ थालेको छ ।
इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा बंगलादेशले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि वेष्ट इन्डिजले ब्याटिङको निम्तो पाएको हो । बंगलादेश र वेष्ट इन्डिज दुबै टिम जित हात पार्ने लक्ष्यमा छन् ।
बंगलादेश र वेष्ट इन्डिज दुबै टिमले दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा भने पानीका कारण खेल रद्द भएपछि अंक बाँडेका छन् । वेष्ट इन्डिजको चार खेलबाट तीन अंक छ भने बंगलादेशको पनि तीन अंक नै छ । आजको विजेता टिम अंक तालिकाको पाँचौ स्थानमा उक्निले छ ।
बंगलादेश टिम
मश्रफे मोरटजा (कप्तान), लिटोन दास, महमुदुल्लाह, मेहिदी हसन मिराज, मोहम्मद सइफुदिन, मोसदक हुसेन, मुश्पिmक्यर रहिम, मुस्ताफिजुर रहमान, शकिब अल हसन, सौम्या सरकार, तमिम इकबल ।
वेष्ट इन्डिज टिम
ज्यासन होल्डर (कप्तान), क्रिस गेल, शाइ होप, ड्यारेन ब्राभो, शिमरन हिटम्यर, इभिन लेविस, निकोलस पुरन, एन्ड्रे रसेल, शेलडन कोटरेल, ओशेन थोमस, स्यानन गाबि्रयल ।
प्रतिक्रिया 4