Comments Add Comment

सहिमाको तीज गीतमा नीताको छमछमी(फोटो फिचरसहित)

गायिका सहिमा श्रेष्ठ नेपाली सांगीतिक क्षेत्रका लागि नयाँ नाम होइन । चलचित्र र आधुनिक गीतमा उनी चर्चित छिन् । उनै, सहिमाले यो बर्ष पनि तीजको गीत सार्वजनिक गर्ने तयारी गरेकी छिन् । ‘यसपालिको तीजमा केही त होला की’ बोलको गीतको ललितपुरमा छायांकन गरिएको छ । गीतमा अमर राइको शब्द छ भने सन्तोष श्रेष्ठले संगीत भरेका छन् ।

यो गीतको कोरियोग्राफी तथा निर्देशक पवित्रा आचार्यले गरेकी छिन् । भिडियोमा दिव्य सुवेदीको छायांकन छ । यो गीतको भिडियोमा नायिका नीता ढुंगानाले नृत्य गरेकी छिन् । गीतको बिषयमा सहिमाले भनिन्–‘यो गीतले एक अविवाहित यूवतीको भावनालाई प्रतिविम्बित गर्छ । आफूले कस्तो श्रीमान् पाउँछु होला भनेर कल्पना गर्ने एक यूवतीको भावनामा यो गीत तयार भएको छ ।’

दर्जन बढी कोरसको साथमा नृत्य गर्दै गर्दा नीता खुशी देखिइन् । उनले, गीत निकै मन परेकाले आफूले नृत्य गरेको सुनाइन् । नीताले, आफूले अब यो बाहेक अन्य तीजको गीतमा ननाच्ने समेत स्पष्ट पारिन् । गीतको भिडियोलाई चाडै नै सार्वजनिक गर्ने सहिमाको भनाई छ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment