+
+

गुठी विधेयक स्थगित गर्ने प्रधानमन्त्रीको तयारी

बालुवाटारमा बहस : गुठी विधेयक फिर्ता लिने कि स्थगन गर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २ गते २०:५१

२ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का जनप्रतिनिधिहरुले गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । केहीले भने स्थगनको बाटो सुझाएका छन् ।

गुठी विधेयकलाई लिएर आन्दोलन चर्किएपछि प्रधानमन्त्री ओलीले सोमबार नेकपासम्वद्ध उपत्यकाका जनप्रतिनिधिहरु, पार्टी अध्यक्षहरुलाई बोलाएर छलफल गरेका थिए ।

छलफलमा अधिकांशले विधेयक फिर्ता लिन सुझाएका छन् । विधेयकमा भएका कमजोरीहरु संशोधनमार्फत सच्याउन सकिने भएपनि अहिले त्यस्तो माहौल नभएको भन्दै उनीहरु तत्काल विधेयक फिर्ता लिन नेतृत्वलाई आग्रह गरेका छन् ।

‘माननीयदेखि वडाध्यक्षसम्मले विधेयक फिर्ता हुनुपर्छ । नभए थेगिनसक्नुको आन्दोलन हुन्छ भनेका छौं’ छलफलमा सहभागी नेकपाका सांसद रामवीर मानन्धरले भने । विधेयक फिर्ता नभए ४ गते माइतीघर मण्डलामा हुने प्रदर्शन थेगिनसक्नुको हुने उनको दाबी छ ।

सांसद महेश बस्नेत लगायत केहीले भने संशोधन गर्न सकिने भएकाले फिर्ता नभई स्थगनको घोषणा गर्न सुझाएका छन् ।

गुठी विधेयक स्थगित गर्ने तयारी

स्रोतकाअनुसार नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली विधेयक स्थगित गर्न चाहन्छन् ।

बालुवाटारमा भएको छलफलमा उनले मन्त्रिपरिषद्बाट आवश्यक निर्णय लिने बचन दिएका छन् । युरोपबाट फर्किए लगतै आफूले गलत ढंगले फाइदा लिन नदिने बताएको उल्लेख गर्दै उनले भने, ‘यसबारे क्याबिनेटबाट आवश्यक निर्णय लिन्छु ।’

नेकपाका नेता तथा सांसदहरु भने गुठी विधेयक स्थगित गर्दैमा आन्दोलन नरोकिने बताउँछन् ।

गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै उपत्यकामा केही दिनदेखि प्रदर्शन हुँदै आएको छ । आन्दोलन पक्षले ४ असारमा माइतीघर मण्डलामा विशाल प्रदर्शन गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?