
२ असार, काठमाडौं । विश्वकप क्रिकेटमा वेष्ट इन्डिजले बंगलादेशलाई ३२२ रनको लक्ष्य दिएको छ ।
इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३२१ रन बनाएपछि बंगलादेशले ठूलो लक्ष्य पाएको हो ।
वेष्ट इन्डिजका लागि साई होप शतक बनाउनबाट चुके । उनी १२१ बलमा चार चौका र एक छक्काको मद्दतमा ९६ रन बनाएर आउट भए । त्यस्तै, इभिन लेविसले ७० र सिम्रन हिटम्यरले ५० रन बनाए । कप्तान ज्यासन होल्डरले ३३ रन बनाउँदा निकोलस पुरन २५ रनमा आउट भए ।
वेष्ट इन्डिजको सुरुवात भने राम्रो भएन । क्रिस गेल १३ बल खेलेर शुन्यमा आउट हुदा वेष्ट इन्डिजको ६ रन थियो । लेविस र होपले ११६ रनको साझेदारी गर्दै वेष्ट इन्डिजलाई उकासेका थिए ।
बलिङतर्फ बंगलादेशका मोहम्मद सइफुदिन र मुस्ताफिजुर रहमानले समान ३–३ विकेट लिए । त्यस्तै, सकिब अल हसनले दुई विकेट लिए ।
प्रतिक्रिया 4