+
+
Shares

जेपी नड्डा बने भाजपाका कार्यकारी अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २ गते २०:५७

काठमाडौं । भारतीय जनता पार्टीका वरिष्ठ नेता जेपी नड्डा पार्टीको कार्यकारी अध्यक्ष बनेका छन् ।

वर्तमान अध्यक्ष अमित शाह गृहमन्त्री बनेपछि को अध्यक्ष बन्लान् भन्ने अनुमान थियो । तर, शाहलाई अध्यक्ष कायम राखेर नड्डालाई कार्यकारी दिइएको छ ।

जेपी नड्डा नरेन्द्र मोदीको पहिलो कार्यकालमा केन्द्र सरकारमा सहभागी भएका थिए तर दोस्रो कार्यकालमा उनले मन्त्रिमण्डलमा स्थान पाएनन् ।

बैठकपछि भाजपाका वरिष्ठ नेता राजनाथ सिंहले भने, ‘भाजपाले अमित शाहको नेतृत्वमा थुप्रै चुनाव जित्यो । प्रधानमन्त्रीले अब उनलाई गृह मन्त्रालयको जिम्मेवारी दिएको छ । र, उनी आफैंले पार्टीको नेतृत्व अरु कसैले सम्हाल्नुपर्ने बताएका छन् । संसदयि बोर्डले नड्डालाई कार्यकारी अध्यक्ष चयन गरेको छ ।’

भारतीय सञ्चार माध्यमहरका अनुसार शाह महाराष्ट्र, हरियाणा र झारखण्डमा हुने चुनावसम्म अध्यक्ष रहिरहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?