
Photo Credit : सांकेतिक तस्वीर
३ असार, काठमाडौं । उदयपुरको चौदण्डीगढी–६, खोला टोलमा वेवारिशे अवस्थामा ९ राउण्ड गोली भेटिएको छ ।
गएराति पेस्तोलको ७ र एसएलआरको २ राउण्ड गोली भेटिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार, खेतमा शंकास्पद वस्तु रहेको खबर प्राप्त हुने वित्तिकै इलाका प्रहरी कार्यालय, बेल्टारबाट खटिएको प्रहरीले गोली बरामद गरेको हो ।
गोली कसले, किन र कुन प्रायोजनका लागि राखेको थियो भन्ने बारे अनुसन्धान भइरहेको जनाइएको छ ।
पूर्व पहाडी जिल्लाको ग्रामिण भेगमा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले गतिविधि बढाएको सूचना प्रहरीसँग छ । त्यसक्रममा उदयपुरका विकट इलाकामा पनि प्रहरीले विशेष निगरानी बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4