Comments Add Comment

भ्रष्टाचारको आरोपमा युईएफएका पूर्व अध्यक्ष प्लाटिनी पक्राउ

३ असार, काठमाडौं । २०२२ को कतार विश्वकप फुटबलमा आर्थिक लेनदेनको आरोपमा युईएफएका पूर्वअध्यक्ष मिचेल प्लाटिनी पक्राउ परेका छन् ।

पूर्व युईएफएका अध्यक्ष तथा विश्व फुटबल महासंघ (फिफा) का पूर्व उपाध्यक्षसमेत रहेका प्लाटिनीलाई मंगलबार विहान परिसबाट पक्राउ गरिएको हो । ६३ वर्षीय प्लाटिनीले विश्वकप फुटबलको आयोजना गर्न कतारलाई दिने सम्बन्धमा ठूलो आर्थिक चलखेल गरेको आरोप छ ।

फिफाले २०१५ मा अध्यक्ष सेप ब्लाटरसहित युईएफएका अध्यक्ष प्लाटिनीलाई आठ वर्षको प्रतिबन्ध लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment