Comments Add Comment

‘जात्रै जात्रा’को विशेष शोमा पुगे पल र वर्षा

प्रदर्शनको पाँचौ हप्तामा पनि दर्शकको उत्साहजनक साथ पाइरहेको चलचित्र ‘जात्रै जात्रा’को निर्माण टिमले मंगलबार बेलुकी काठमाण्डौको बीग मुभिजमा विशेष शोको आयोजना गरेको छ । नेपाली चलचित्रका कलाकार, गायक–गायिका, साहित्कारहरुको उपस्थितीमा चलचित्रको विशेष शो आयोजना गरिएको थियो ।

५१ दिन मनाउने रफ्तारमा रहेको चलचित्रको विशेष शोमा नायिका नम्रता श्रेष्ठ, रेखा थापा, वर्षा सिवाकोटी लगायत पुगेका थिए । चलचित्र हेर्न ‘वीर विक्रम २’का मुख्य नायक पल शाह र नायिका वर्षा सिवाकोटी पुग्दा सबैको ध्यान खिचिएको थियो । चलचित्र ‘जात्रै जात्रा’ र ‘वीर विक्रम २’ एकैदिनमा रिलिज भएका थिए ।

चलचित्र हेरेपछि नायक पल शाहले चलचित्र उत्कृष्ट बनेको प्रतिक्रिया दिए । उनले हरेक कलाकारको काम उत्कृष्ट भएको बताए । यस्तै, नायिका वर्षा सिवाकोटीले चलचित्र हेरिसकेपछि सबैको कामको प्रशंसा गरिन् । नायिकाद्धय नम्रता श्रेष्ठ र रेखा थापा कुनै प्रतिक्रिया नदिई हिडेका थिए । गायक शिव परियार, सन्तोष लामा लगायतले पनि चलचित्र ढिलो हेरेर गल्ती गरेको बताए ।

प्रदिप भट्टराइको निर्देशनमा तयार भएको चलचित्रमा विपिन कार्की, वर्षा राउत, रविन्द्र झा, रविन्द्र सिंह बाँनिया लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment