Comments Add Comment

माइतीघरको विशाल प्रदर्शनले काठमाडौंको ८ स्थानमा सवारी चाप

Photo Credit : फाइल फोटो

४ असार, काठमाडौं । गुठी विधयेक खारेजीको माग गर्दै माइती घरमा भएको विशाल जनप्रदर्शनका कारण काठमाडौं उपत्यकाको विभिन्न ठाउँमा सवारी चाप छ ।

आन्दोलनका कारण त्रिपुरेश्वर, थापागाउँ, पुरानो बसपार्क, पुतली सडक, कमलादी, नयाँ बानेश्वर, कुपन्डोलर र पुल्चोक भएर चल्ने सवारी चापमा रहेको महानगरीय ट्राफिक महाशाखाले जनाएको हो ।

महाशाखाले ती क्षेत्रमा वैकल्पिक बाटोको प्रयोग गर्न सवारी चालकलाई सुझाएका छन् ।

प्रहरीले सिंहदरबार पूवीृगेटबाट आउने सवारी साधानलाई नयाँ बानेश्वर, कुपण्डोलबाट माइतीघर हुँदै सिंहदरबार आउने सवारी साधनलाई करिडोर र त्रिपुरेश्वरबाट आउने सवारीसाधानलाई कालिमाटीतर्फ पठाइरहेको छ ।

नयाँ बानेश्वरबाट आउने सवारी साधानलाई शंखमुलतर्फ पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

पुरानो बसपार्कबाट सिंहदरबार हुँदै थापाथली र नयाँ बानेश्वरतर्फ जाने सवारी साधनलाई पद्मोदय मेडबाट डाइभर्सन गरिएको छ भने भद्रकालीबाट आउने सवारी साधानलाई त्रिपुरेश्वरतर्फ पठाइएको छ ।

पुतली सडक, सिंहदरबार हुँदै चल्ने सवारी सधानलाई न्यु प्लाजाबाट अनामनगर, थापागाउँ हुँदै नयाँ बानेश्वरतर्फ चलाइएको छ । अन्य स्थानमा सवारी आवगमनलाई सामान्य बनाउने प्रयास भइरहेको जनाइएको छ ।

यो पनि पढ्नुहोस माइतीघरको बटमलाइन : गुठी विधेयकको खारेजी (फोटो फिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment