+
+
Shares

प्रहरीलाई १० हजार घुस दिन खोज्दा बृद्ध पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ४ गते १८:१९

४ असार, बुटवल । रुपन्देहीमा प्रहरीलाई घुस रकम दिएको अभियोगमा एक बृद्ध पक्राउ परेका छन् । रुपन्देही मर्चवारी गाउँपालिका १ बस्ने वर्ष ६३ का रामराज यादव प्रहरी निरीक्षकलाई १० हजार रुपैयाँ घुस रकम दिएको अभियोगमा पक्राउ परेका हुन् ।

उनलाई थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालय पठाइएको छ । भैरहवा गल्लामण्डीबाट यूपी ५३ एएच २५४५ र यूपी ५१ एएच ४१६९ नम्बरका भारतीय नम्बर प्लेटका मोटरसाइकल नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखेकामा यादवले ती मोटरसाइकल छुटाउन घुस रकम दिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताए ।

यादवलाई शुरुमा सवारी धनी र कागजात लिएर आउन भनिएकामा त्यसो नगरी मोटरसाइकलहरु छुटाउन घुस दिन खोजेकाले पक्राउ गरी घुस र रिसवत सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि अख्तियारमा पठाइएको भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?