Comments Add Comment

विश्वको महत्वपूर्ण ब्रान्डको र्‍याङकिङमा माथि उक्लियो हृवावे

४ असार, काठमाडौं । हृवावेले अग्रणी विश्वव्यापी ब्रान्ड इन्डेक्समा उसको स्थान सुधार गर्दै ब्रान्ड भ्यालु बढाएको छ । डब्लुपीपीको रिसर्च आर्म क्यान्टरले प्रकाशन गरेको ब्रान्डजेडको वाषिर्क सबैभन्दा बढी महत्त्वपूर्ण ग्लोबर ब्रान्डस् स्टडीमा हृवावे गत वर्षभन्दा एक स्थानमाथि उक्लिदैँ ४७औँ स्थानमा पुगेको छ । साथै ब्रान्ड भ्यालुमा पनि ८ प्रतिशतले वृद्धि भएको छ ।

हृवावे पी ३० स्मार्टफोनको अत्यधुनिक क्यामरा प्रणाली तथा फाइभ जी क्षमता र फोल्डेबल डिजाइन भएको अभूतपूर्व प्राविधिक नवीनता जडित हृवावे मेट एक्स हृयान्डसेट संचारक्षेत्र र ग्राहकहरूमाझ लोकपि्रय छ । साथै सबैभन्दा राम्रो प्रोडक्ट रिभ्युहरू, थुप्रै पुरस्कारहरू र सफलता पाएको छ र यो हृवावेको बढ्दो बिक्रीबाट पनि झल्किन्छ ।

एउटा अग्रणी विश्लेषक कम्पनी आइडीसीले हालैको विश्वव्यापी मोबाइल डिभाइस ट्र्याकरमा हृवावको आपूर्तिमा वर्षैपिच्छे ५० प्रतिशतले भन्दा बढी वृद्धि भएको विषयलाई जोड दिएको छ ।

मोबाइलफोनहरूको दुनियाँमा हृवावे कम्पनीले आˆनो स्थानलाई बलियो बनाउँदै व्यापारिक कोणबाट सामसाङसँगको दूरी कम गर्दै विश्वव्यापी रूपमा सबैभन्दा दोस्रो धेरै बिक्री हुने मोबाइलका रूपमा स्थान सुदृढ बनाएको छ ।

आइडीसीका अनुसार हृवावेले स्मार्टफोनको वर्गतर्फ विश्वव्यापी बजार सेयरको १९ प्रतिशत ओगट्दछ र सन् २०१९ को पहिलो तीन महिनाको अवधिमा आपूर्तिमा वृद्धि हुँदै र्‍याङकिङको सबैभन्दा शीर्ष स्थानमा रहन सफल एकमात्र स्मार्टफोन भेन्डर बन्यो।

हृवावेको सफलताले विश्वव्यापी अर्थतन्त्रमा चिनियाँ ब्रान्डहरूको बढ्दो सफलतालाई उजागर गर्दछ । ब्रान्डजेडको प्रतिवेदन स्थान पाएका ९ वटा नवप्रवेशीहरूमध्ये चारवटा कम्पनीहरू चीनमा आधारित रहेका छन् भने उत्कृष्ट १०० भित्र परेकामध्ये १५ वटा चिनियाँ कम्पनीहरू रहेका छन् ।

भविष्यका बारेमा बताउँदा समाज र ग्राहकहरूलाई फाइदा पुर्‍याउने प्रविधिहरूको विकास गर्ने हृवावेको प्रतिबद्धताले हृवावेको प्रतिष्ठा बढाउने र विश्वव्यापी ग्राहकहरुमाझ सबैभन्दा अगाडि उभिने पक्का देखिएको छ ।

जस्तै कि हृवावेको एआई फर गुड अभियानले आर्टिभिसल इन्टेलिजन्स कसरी परिवर्तनकारी प्रविधि बनी चुनौतिहरू चिर्न र जीवन बचाउने सम्भावनाहरू बढाउन मानव जगत्ालाई सघाउँछ भन्ने पुष्टि गर्छ ।

हालैका कार्यहरूमा श्रवण क्षमता नभएका बालबालिकाका लागि किताबहरू अनुवाद गर्ने, दृष्टिबिहीनका लागि अनुहारका भावहरू पढ्ने र पहिलो चरणमै रहेको र उपचार गरेर निको हुन सक्ने दृष्टिसम्बन्धी समस्याहरूको पनि पहिचान गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment