
३ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर मण्डला साँच्चै माइतीघर भएको टिप्पणी गरेका छन् । ‘मलाई घरमा यसो गरे भने जस्तो गरेर माइतीघर गए झै जे पनि पनि माइतीघरमा विरोध हुन थालेको उनले बताए ।
मंगलबार संसदमा सम्बोधन गर्न खोज्दा अवरोध भएपछि पत्रकार सम्मेलन गरेका प्रधानमन्त्री ओलीले यदि कुनै कुरा चित्त बुझेको छैन भने छलफलमा आउन आग्रह गरे । ‘विधेयकमा छलफल गर्न संसद छ । संसदमा छलफल गर्न सकिन्छ, सरोकारबालाहरुको राय सुझाव दिन सकिन्छ, हामीलाई भन्न सक्छन्’ उनले भने, माइतीघर त साच्चैको माइतीघर भएछ । यताउता केही पर्यो कि घुर्रर कुदेर जाने । मलाई घरमा यसो गरे भने जस्तो गरेर माइतीघर ।’
अनवतरण आन्दोलन आवश्यक नभएको भन्दै उनले सम्वादबाट समाधान खोज्न आग्रह गरे । आन्दोलनबाटै आएको नेतृत्व रहेको भन्दै प्रधानमन्त्री ओलीले भने, यतिबेला आन्दोलन गरिरहनु पर्दैन । जसका असन्तुष्टि छन्, आउनुस् । बसौं । छलफल गरौं । देशलाई फाइदा हुने, देश अगाडि बढ्ने काम गरौं ।’
आवेश उत्तेजना फैलाएर आफ्नो दुनो सोझाउन खोज्नेहरु रहेको उनले समेत हुन जनतालाई आग्रह गरे । प्रधानमन्त्री ओलीले दलहरुलाई पनि पटकपटक जनताको अधिकार दरबारमा बुझाइएको इतिहास नदोर्याउन आग्रह गरेका छन् ।
प्रतिक्रिया 4