Comments Add Comment

प्रधानमन्त्री ओलीले नाक देखाउँदै ऋषि धमलालाई के भने ?

३ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंहदरबारमा आयोजित पत्रकार सम्मेलन सकेर हिँड्नै लागेका बेला पत्रकार ऋषि धमला प्रधानमन्त्रीको छेवैमा पुगे ।

पत्रकार धमलालाई देख्नासाथ प्रधानमन्त्री ओलीले धमलाकै स्वरको क्यारिकेचर गर्न खोजेझैं लेघ्रो तानेर भने, ‘तपाईको विधेयकले संस्कृतिको मुटुमा छुरी हानेको छ !’

पत्रकार धमलाले प्रधानमन्त्रीलाई स्पष्टीकरण दिने प्रयास गर्दै भने, ‘मैले त त्यस्तो बोल्या छैन… ।’

प्रधानमन्त्रीले आफ्नै नाक औंलाले छुँदै भने, ‘किन बोल्या छैन ? टीभी हेर्ने म हो !’

यति भनिसकेर प्रधानमन्त्री सम्मलेन कक्षबाट बाहिरिए । यता सम्मेलन कक्षमा हाँसोको फोहोरा फुट्यो । ऋषि धमलाले पनि हाँस्दै मन्त्रीहरुसँग हात मिलाए ।

त्यसो त प्रधानमन्त्री ओलीले ऋषि धमलासँग असन्तुष्टि प्रकट गर्नु अगाडि पत्रकार सम्मलेनमा समेत नेपालका टेलिभिजनहरुले आफूलाई तपाई भन्नुपर्नेमा तिमी भन्ने गरेको भन्दै असन्तुष्टि जनाइसकेका थिए ।

प्रधानमन्त्री ओलीको गुनासो थियो, ‘हाम्रो टेलिभिजनले तपाईं भन्न कसैलाई पनि जान्दैनन् । तपाईं भन्ने नेपाली भाषाको शब्दै हराइसक्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment