+
+
Shares

अमरेशको प्रश्न– विवादित धर्मगुरुलाई अगाडि, मन्त्रीलाई पछाडि राखेर के गर्न खोजेको ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते २१:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद अमरेश कुमार सिंहले जेनजी शहीद स्मृति सभामा विवादित धर्मगुरुहरूलाई अगाडि राखिएको विषयमा सरकारसँग प्रश्न उठाएका छन्।
  • कार्यक्रममा विजय भण्डारी र श्रीनिवास आचार्य सहभागी भएका थिए र उनीहरूले गृहमन्त्री गुरुङलाई पानसमा बत्ती बाल्दा सहयोग गरेका थिए।
  • सिंहले विवादित पात्रलाई मञ्चको अगाडि राखेर मन्त्रीहरूलाई पछाडि राख्नु संविधान र समावेशीको धज्जी उठाउने काम भएको बताएका छन्।

२३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले विवादित धर्मगुरुहरूलाई जेनजी शहीदको स्मृति सभामा सहभागी गराइएको विषयमा प्रश्न उठाएका छन् ।

सरकारका गृहमन्त्रीसहितका मन्त्रीहरू सहभागी भएको उक्त कार्यक्रममा विवादित धर्मगुरु विजय भण्डारी र श्रीनिवास आचार्य पनि सहभागी थिए ।

धर्मगुरु बालयोगेश्वर विजय कृष्णमूर्ति भनिने विजय भण्डारी र अर्का धर्मगुरु श्रीनिवास आचार्यले जेनजी स्मृति सभामा राम्रो सत्कार पाए । उनीहरूले गृहमन्त्री गुरुङलाई पानसमा बत्ति बाल्ने बेला सहयोगसमेत गरेका थिए ।

जेनजी स्मृति सभामा अथिति बनेर पुगेका यी दुवै धर्मगुरुको विगत भने निकै विवादित छ ।

यस्तो विवादित पात्रलाई मञ्चको अगाडि राखेर सरकारकै मन्त्रीहरूलाई पछाडि राखेको भन्दै रास्वपा सांसद सिंहले प्रश्न उठाएका हुन् ।

‘विवादित धर्मगुरुहरूलाई जेनजी शहीदको मञ्चमा अगाडि राखेर मन्त्रीहरूलाई पछाडि राखेर सरकारले के भन्न खोजेको छ ? संविधान, समावेशीको धज्जी उठाउने र देशको लागि सहि काम गर्नेहरूलाई पाखा लगाउने यो सरकार के सन्देश दिन खोजेको छ,’ उनले प्रश्न गरेका छन् ।

साथै, उनले आफ्नै निर्णयमा टिक्न नसक्ने अनि विवादै विवादको काम गर्ने सरकारलाई छुट छैन पनि भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?