
४ असार, विराटनगर । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मोरङको एक गाउँपालिकामा नियुक्ती पाएकाहरु सडक सफा गर्न प्रयोग भएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मोरङको धनपालथान गाउँपालिकामा नियुक्ति पाएका एक सय आठ जनाले सडक र बजार सफा गर्ने काम पाएका छन् ।
मंगलबारबाट काम सुरु गरेकाहरुले बजार, सडक र सार्वजनिक स्थान सफा गर्न प्रयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोचनप्रसाद दाहालले जानकारी दिए ।
दैनिक पारिश्रमिक ५१७ रुपैयाँ पाउने गरी श्रमिकलाई गाउँपालिकाले सडक सफा गर्न पठाएको हो । मंगलबार पहिलो दिन कर्सिया बजारको चोक २० जनाले सफा गरेका छन् । बुधबार २० जनाले स्थानीय शारदा माध्यमिक विद्यालय सरसफाइ गरेका छन् ।
तत्काल अन्य योजना नभएका कारण सडक तथा सार्वजनिक स्थल सफा गर्ने काम गरिएको दाहालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4